नेपाल प्रहरीलाई म्याच फिक्सिग अनुसन्धानका लागी एफसीद्धारा सम्मान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 13, 2017 | 07:34:23 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटबल म्याच फिक्सिगको अनुसन्धानमा  अतुलनिय सहयोग पुर्याएबापत एशियन फुटबल कन्फिडरेशन, एएफसीले नेपाल प्रहरी , महानगरीय अपराध अनुसन्धान महासाखालाई आज एक विषेश समारहोबिच सम्मान गरेको छ । 

नेपाल प्रहरीका डिआजि सर्वेन्द्र खनाल र डिएसपी सुदीप राज पाठकलाई एफसीका महासचिव डाटो विन्डसोर जोनले (Dado Windsor John ) एफसी भवनमा निम्त्याएर सो सम्मान प्रधान गरेको एफसीको सामाचार स्रोतमा उल्लेख छ । 

नेपाल प्रहरीको अनुसन्धानमा म्याच फिक्सिगमा संलग्न भएको पाएईपछि सन २०१५ को डिसेम्बरमा एफसीको सदाचार र अनुशाशन समितिले चारजना नेपाली फुटबल खेलाडी र एक अधिकारीलाई आजिवन प्रतिबन्धको घोषणा गरेको थियो । 

अधिकारी अन्जन केसी र चार खेलाडिहरु विकास क्षेत्री , सन्दिप राई , रीतेश थापा  र सागर थापा फुलबलको नियम धमिल्याउँदै म्याच फिक्सिगमा संलग्न रहेको पाईएको थियो ।

नेपाल प्रहरीले काम कार्वाही आगाडी बढाएसँगै एफसीले आफ्नो पार्टनर Spotradar , UEFA Integrity Unit र नेपाल प्रहरीको अपराध मशाशाखासँग मिलेर एकबर्षसम्म अनुशन्धान जारी राखेको थियो । म्याच पिक्सिगको पेटारा खोलि यसको सफल अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखाका तात्कालिन प्रमुख एसएसपी सवेन्द्रले (हाल डिआजि) गरेका थिए । ईन्सपेक्टरका रुपमा रहेका सुदिप राज पाठक (हाल डिएसपी) अनुसन्धान अफिसरको रुपमा अहं भुमिका निभाएका थिए । 


औपचारीक कार्यक्रममा नेपाल पुलिसलाई धन्यावाद दिदैं जोनले भने कि नेपाल पुलिससँगको सहकार्य र यसको नतिजाले एसीयन फुटबल जगतलाई अनुशाशीत राख्न ठुलो कोशेढुंगाको काम गरेको छ । उनले अधिकारीहरु , पुलीस र सरकारबाट यस्तै सहयोगको निरन्तर अपेक्षा रहेको पनि बताए ।

‘नेपाल प्रहरीका डिआजि सर्वेन्द्र खनाल र डिएसपी सुदीप राज पाठकलाई हाम्रो यो भवनमा स्वागत गर्न पाउँनु गर्वको विषय हो । नेपालमा सन् द्दण्ज्ञछ मा फुलबल म्याच फिक्सिगमाथिको अनुसन्धानमा वहाँहरुले खेल्नुभएको भुमिका अत्यन्तै महत्वपुर्ण छ । ‘ उनले भने । 

‘त्यस्तै, मलाई यो भन्न पाउँदा पनि अत्यन्तै खुशी लागीरहको छ कि त्यहि सन् २०१५  को संर्दभलाई लिएर नेपाल सरकारले खेलमा म्याच फिक्सिीगलाई अपराधिकरण गरेको छ । यो खेल जगतलाईनै एउटा पाठ सिकाउने खाल्को महत्पपुर्ण कदम हो र यसबाट अन्य मुलुकपनि प्रेरीत हुनेछन् भन्ने म आशा राख्दछु‘ , जोनले थप भने ।

खेल जगतलाई अनुशाशीत र चुस्त राख्न , सरकार र सबै सरोकार निकायहरुबिच सहकार्य र द्दढ अठोट चाहिने भन्दै आगामी दिनमा नेपाल पुलीससँग उत्तिकै नजिक रहेर कार्य गर्न एएफसी तत्पर रहेको उनले बताए । नेपाल पुलीसका अधिकारी खनाल र पाठक हिजो सो कार्यक्रममा भाग लिन क्वालालम्पुर पुगेको थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved