म्यानचेस्टर सिटीको शान्दार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2017 | 04:47:53 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । स्टोक सिटीलाई ७–२ ले हराउदै म्यानचेस्टर विजयी भएको हो ।  म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले दुई तथा रहिम स्ट्रर्लिङ, डेविड सिल्भा, फर्नानडिन्हो, लिरोय साने र बर्नार्डो सिल्भाले एक–एक गोल गरे । स्टोक सिटीका लागि मेम मिरम डिउफले एक गोल गरे । म्यानचेस्टर सिटीका केली वालकरले आत्मघाती गोल गरे । म्यानचेस्टर सिटीले प्रिमियर लिगका ८ खेलमा २९ गोल गरिसकेको छ । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ अंक भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved