नयाँ फिफा बरियता: नेपालले ७ अंक गुमायो, शिर्ष स्थानमा जर्मनी कायमै (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 12:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७ को  अक्टोबर महिनाको फिफा बरियता सार्बजनिक गरेको छ । आइतबार  सार्बजनिक भएको यस महिनाको नयाँ बरियतामा नेपाल १  स्थान तल झर्दै  १ सय ७६  औ स्थानमा पुगेको छ । नेपालले यस अवधिमा ७  अंक गुमाएको छ  । गत महिना नेपालको अंक १०१  रहेकोमा यस महिना नेपालको अंक ९४ मात्र भएको छ  । 

 फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत १०५ औ स्थानमा छ ।   त्यस्तै अफगानिस्तान १५४ औ, माल्दिभ्स १५६ औ स्थानमा छन्   । , नेपाल भन्दा पछि  भुटान १९० औ स्थानमा , बंगलादेश १९६ औ, श्रीलंका १९८  औ र पाकिस्तान २०१ औ स्थानमा छ । 

बिश्व बरियतामा भने जर्मनी शिर्ष स्थानमा कायम छ।  त्यस्तै  ब्राजिल दोस्रो ,  तेस्रोमा  पोर्चुगल ,  चौथोमा अर्जेन्टिना   , पाचौमा बेल्जियम र छैठौमा  पोल्याण्ड छन्।   फ्रान्स , सपन, चिली  र पेरु  क्रमश सातौ, आठौ , नवौ र दशौ स्थानमा छन् ।

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved