लेस्टर सिटी र वेष्ट ब्रोमबीचको खेल बराबरीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 07:07:43 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार रातिको खेल  लेस्टर सिटी र वेष्ट ब्रोमबीचको खेल बराबरीमा रोकिएको छ । खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न सफल भयो ।  पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६३ औं मिनेटमा नासर चाड्लीको गोलबाट वेष्ट ब्रोमले अग्रता लियो । तर ८० औं मिनेटमा रियाद महरेजले लेस्टर सिटीका लागि बराबरी गोल गरेर टिमलाई हारबाट जोगाए । बराबरीपछि ८ खेलबाट ६ अंक मात्रै जोडेको लेस्टर सिटी १८ औं स्थानमा छ । १० अंकसहित वेष्ट ब्रोम १० औं स्थानमा उक्लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved