विश्वकप २०१८ का लागि युरोपको प्लेअफ ड्र सार्वजनिक, कुन–कुन देशबीच हुँदैछ भिडन्त ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2017 | 05:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा हुने सन २०१८ को बिश्वकप फुटबल प्रतियोगिताको युरोपियन प्लेअफको ड्र सार्वजनिक भएको छ। समुहमा दोस्रो भएका ८ टिमबीच मंगलबार स्विट्जरल्यान्डको ज्युरीचमा ड्र गरिएको हो। 

विश्वकपमा छनौट हुनका लागि आयरल्याण्ड र स्विट्जरल्यान्ड भिड्नेछन भने क्रोएसियाले ग्रिसको सामना गर्नेछ। त्यस्तै डेनमार्क र आयरल्यान्ड गणतन्त्र तथा इटाली र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ। 

प्लेअफ खेल होम र अवेका आधारमा ९ र १४ नोभेम्बरमा हुनेछ। जित हासिल गर्ने चार टिममात्र रसियामा हुने बिश्वकपका लागि छनौट हुनेछन।  हालसम्म २३ टिमले बिश्वकपका लागि स्थान बनाई सकेका छन। ३२ राष्ट्र सहभागी हुने बिश्वकपको लागि अब ९ राष्ट्र छनौट हुन् बाँकी छ। 

यस्ता छन् हालसम्म छनौट भएका २३ राष्ट्र 

रसिया (आयोजक), अर्जेन्टिना, बेल्जियम, ब्राजिल, कोलम्बिया, कोस्टा रिका, इजिप्ट, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी,  आईसल्याण्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पनामा, पोल्याण्ड, पोर्चुगल, साउदी अरेबिया , सर्बिया, साउथ कोरिया, स्पेन र उरुग्वे। 

अब छनौट हुन बाँकी ९ राष्ट्र मध्ये ४ टिम युरोपबाट छनौट हुनेछन। भने बाँकी ५ टिम मध्ये अफ्रीकाबाट ३ र इन्टर कन्टिनेन्टल प्लेअफको २ बिजेताले बिश्वकपमा स्थान बनाउने छन। 

अफ्रीकाबाट छनौट हुन् सक्ने राष्ट्रहरु :

समूह ए बाट : टुनिसिया र कंगो 

समूह सी बाट : मोरोको र आइभोरी कोस्ट 

समूह डी बाट : सेनेगल , बुकिना फासो, केप भर्दी, र दक्षिण अफ्रीका (यस समुहमा २ देशले समान २ खेल र अन्य २ देशले समान १ खेल खेल्न बाँकी रहेकाले सबै ४ टोलीको छनौट हुने सम्भावना कायम नै छ।)


इन्टर कन्टिनेन्टल प्लेअफ

अस्ट्रेलिया, होन्डुरस , न्युजिल्यान्ड र पेरुले  इन्टर कन्टिनेन्टल प्लेअफमा स्थान बनाएका छन्। अब अस्ट्रेलियाले होन्डुरससंग २ खेल खेल्ने छ र समग्रमा हुने बिजेताले बिश्वकपमा स्थान बनाउने छ। त्यस्तै न्युजिल्यान्डले पेरुसंग २ खेल खेल्ने छ र समग्रमा हुने बिजेताले बिश्वकपमा स्थान बनाउने छ।




       





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved