रहिम र गाब्रिएलको गोलले म्यानचेस्टर सिटीको विजयी यात्रा कायम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 05:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

ईङलिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले इटालियन सिरी ए क्लब नापोलीलाई २–१ ले हराएर लगातार तेस्रो जित दर्ता गरेको छ । जीतसंगै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रा कायम राखेको छ । 

 सिटीको जितमा रहिम स्ट्रर्लिङ र गाब्रिएल जिससले गोल गरे । नापोलिका लागि एमाडु डिएवाराले एक गोल फर्काए । सिटीले दुवै गोल सुरुको १३ मिनेट भित्र गरेको थियो । नवौं मिनेटमा स्ट्रर्लिङ तथा १३ औं मिनेटमा जिससले गोल गरेका हुन् । नापोलीका लागि ७३ औं मिनेटमा पाएको पेनाल्टीमा डिएवाराले एक गोल फर्काएका हुन् । जितपछि समूहको शीर्ष स्थानमा रहेको सिटीको ९ अंक भएको छ । तीन अंक जोडेको नापोली तेस्रो स्थानमा छ । यहि समूहको अर्को खेलमा शाख्तर डोनेस्कले फाइनुर्डलाई २–१ ले हरायो । शाख्तर ६ अंकसहित समूहको दोस्रो स्थानमा छ । यस्तै समूह ‘जी’ अन्तर्गतको खेलमा बेसिक्टासले मोनाकोलाई २–१ तथा आरबी लइप्जिगले एफसी पोर्टोलाई ३–२ ले हरायो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved