पिएसजीलाई हारबाट काभानीले जोगाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 06:37:07 AM मा प्रकाशित

laxmi  sunrise bank

फ्रेन्च लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेइलीसँग २–२ को बराबरीमा टुंगिएको छ । १६ औं मिनेटमा लुइज गुस्तावोले गोल गर्दै मार्सेइलीलाई सुरुवाति अग्रता दिलाए । ३३ औं मिनेटमा नेइमारले पिएसजीका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७८ औं मिनेटमा फ्लोरियन थविनले गोल गर्दै मार्सेइलीलाई फेरि अग्रता दिलाए ।  पहिलो हाफमा गोल गरेका स्टार खेलाडी नेइमारले ८७ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । हारको संघारमा पुगेको पिएसजीलाई एडिसन काभानीले सुन्दर गोल गर्दै जोगाए । इन्जुरी समयमा काभानीले बराबरी गोल गरेका हुन् । बराबरीपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २६ अंक भएको छ । अहिलेसम्म पिएसजीले दुई खेलमा बराबरी खेलेको छ भने ८ खेल जितेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved