फिफाको 'द बेस्ट फुटवल अवार्ड्स'को घोषणा आज, कसले मार्ला बाजी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 01:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटवल बहु प्रतिक्षित 'द बेस्ट फुटवल अवार्ड्स'को आज घोषणा हुदै छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लण्डन पलाडिएममा हुने कार्यक्रममा उक्त अवार्डहरुको  बिजेताको घोषणा गर्ने छ । 

गत वर्षबाट 'द बेस्ट फुटवल अवार् प्रदान गर्न थालिएको हो  ।  त्यस अघि  फिफाले फ्रेन्च फुटबलसंगको सहकार्यमा  यो उपाधिलाई 'फिफा बालोन डी’ओरअवार्ड'को नामबाट प्रदान गर्दै आएको थियो। तर फ्रेन्च फुटबलसंगको सहकार्य टुटेपछि फिफा आफैले 'द बेस्ट फुटवल अवार्ड्स'को नामबाट उपाधि दिन थालेको हो  ।  

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले आज बिभिन्न ८ उपधिहरुको घोषणा गर्ने छ । 

फिफाले आज निम्न उपाधि बिजेताको घोषणा गर्ने छ ।   

The Best Fifa Men's Player (फिफा उत्कृष्ट पुरुष खेलाडी)
The Best Fifa Women's Player (फिफा उत्कृष्ट महिला खेलाडी)
The Best Fifa Men's Coach (फिफा उत्कृष्ट पुरुष टोली प्रशिक्षक)
The Best Fifa Women's Coach  (फिफा उत्कृष्ट महिला टोली प्रशिक्षक)
The Fifa Fair Play Award  (फिफा उत्कृष्ट अनुशासित खेल उपाधि)
The Fifa goalkeeper Award  (फिफा उत्कृष्ट गोलकर्ता उपाधि)
The Fifa Fan Award  (फिफा उत्कृष्ट समर्थक उपाधि )
Fifa Fifpro World11 (फिफाका उत्कृष्ट ११ खेलाडी)

यी मध्ये फिफा उत्कृष्ट पुरुष खेलाडीले सबैको ध्यान तान्ने गर्छ । यस पटक  क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेमार यस उपाधि होडमा छन्। गत वर्ष रोनाल्डोले मेसी र एन्टोनी ग्रीजमनलाई पछि पार्दै यो अवार्ड जितेका थिए। गत सिजन रियल मड्रिडलाई स्पेनिस ला लिगा र युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन भूमिक खेलेका रोनाल्डोलाई यस पटक पनि अवार्डको दाबेदारको रुपमा हेरिएको छ। 

 फिफा अवार्डको लागि  २५ प्रतिशत भोट अनलाईन बाट , अर्को २५ प्रतिशत खेल पत्रकारहरुबाट, अर्को २५ प्रतिशत राष्ट्रिय टिमका प्रशिक्षकबाट र बाँकि २५ प्रतिशत राष्ट्रिय टिमका कप्तानको मतबाट  बिजेताको घोषणा हुने छ।

यी हुन् अवार्ड नोमिनिजहरु

मेन्स बेस्ट प्लेअर : क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेमार

वुमन्स बेस्ट प्लेअर : डेएना कास्टलानोस, चर्ली लोएड, लिएके मार्टेन्स

मेन्स कोच :, मासिमिलियानो अलेग्री, एन्टोनियो कोन्टे, जिनेदिन जिदान

वुमन्स कोच : निल्स नेल्सन, जेरार्ड प्रिचेउर, सारिना विगमन

बेस्ट गोलकिपर : जियानलुजी बफोन, केलर नाभास, मानुएल नोए

पुस्कास अवार्ड : डेएना कास्टलानोस, ओलिभचर जिरुड, ओस्कारिन मासुलुके

फ्यान अवार्ड : बोरुसिया डर्टमण्ड सपोर्टर, सेल्टिक सपोर्टर, एफसी कोपनहेगन सपोर्टर

अवार्ड वितरण समारोह आज मध्यरात देखि सुरु हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved