रोनाल्डोलाई दोस्रो पटक फिफा उत्कृष्ट अवार्ड, नेपालका कप्तानले कसलाई दिए भोट ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 11:56:41 AM मा प्रकाशित

laxmi  sunrise bank

क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन। सोमबार राति बेलायतमा भएको एक समारोहका बीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई यो अवार्डबाट सम्मानित गरेको हो।

रोनाल्डोले मेसी र नेमारलाई पछि पार्दै लगातार दोस्रो पटक उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन। रोनाल्डोले मेसि र नेमारले प्राप्त गरेको कुल मत भन्दा बढी मत ल्याएर जित हासिल गरे। रोनाल्डोले ४३.१६ प्रतिशत मत पाए भने मेसीले १९.२५ तथा नेमारले ६.९७ प्रतिशत मत  पाए।  

यसअघि फिफाले बलुन डे ओर भनेर वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै आएको फिफाले गत वर्षदेखि बेस्ट फुटबल अवार्ड दिन थालेको हो । त्यस अघि  फिफाले फ्रेन्च फुटबलसंगको सहकार्यमा  यो उपाधिलाई 'फिफा बालोन डी’ओरअवार्ड'को नामबाट प्रदान गर्दै आएको थियो। तर फ्रेन्च फुटबलसंगको सहकार्य टुटेपछि फिफा आफैले 'द बेस्ट फुटवल अवार्ड्स'को नामबाट उपाधि दिन थालेको हो  ।  

त्यस्तै फिफाले महिलातर्फ नेदरल्याण्ड्सकी खेलाडी लेईके मर्टिन्सलाई उत्कृष्ट फुटबलरको अवार्डबाट सम्मानित गरेको छ। त्यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड रियाल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले जितेका छन् । रियाल मड्रिडलाई गत सिजनको युरोपियन च्याम्पियन्स लिग जिताएबापत जिदान र रोनाल्डोले अवार्ड जितेका हुन् ।     

त्यस्तै महिलातर्फ उत्कृष्ट प्रशिक्षकको अवार्ड सारिना विगेमानले जितेकी छिन। सारिनाको नेतृत्त्वमा हल्ल्यांडले युरो २०१७ को उपाधि हात पारेको थियो। त्यस्तै इटलीका गिगी बफनले उत्कृष्ट गोलकिपरको अवार्ड हात पारेका छन।   

फिफा बेस्ट फुटबल अवार्डमा आर्सनलका फ्रेन्च खेलाडी ओलिभर जिरुले पुस्कास उत्कृष्ट गोलको अवार्ड जितेका छन् । यसैगरी उत्कृष्ट फुटबल समर्थकको अवार्ड स्कटल्याण्डको सेल्टीक फुटबल क्लबका समर्थकहरुले जितेका छन्।

कसले कसलाई भोट गरे 

अन्तिम तीन प्रतिस्पर्धामा रहेका रोनाल्डो, मेसि र नेमारले आफुलाई मन पर्ने खेलाडीलाई भोट गरे। तर उनीहरुले एक अर्कालाई भने भोट दिएनन। रोनाल्डोले लुका मोडरिच, सर्गियो रामोस र मार्सेलोलाई भोट दिए भने मेसीले लुइस सुवारेज, आन्द्रेज इनेस्टा र नेमारलाई भोट दिए। त्यस्तै  

त्यस्तै नेपालका प्रशिक्षक योतुकु कोजी र खेल पत्रकार रितेश रिजालले रोनाल्डो, मेसी र नेमारलाई क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा राख्दै भोट दिए भने कप्तान विराज महर्जनले पहिलोमा ज्लाटन इब्राहिमोभिच, दोस्रोमा एन्टोनी ग्रीजमन र तेस्रोमा रोनाल्डोलाई भोट दिए। भोटिङमा पहिलो नम्वरमा रहनेले ५ अंक, दोस्रोले ३ तथा तेस्रोले १ अंक पाउने व्यवस्था थियो।

फिफा अवार्डको लागि २५ प्रतिशत भोट अनलाईन बाट , अर्को २५ प्रतिशत खेल पत्रकारहरुबाट, अर्को २५ प्रतिशत राष्ट्रिय टिमका प्रशिक्षकबाट र बाँकि २५ प्रतिशत राष्ट्रिय टिमका कप्तानबाट लिइएको थियो। 

Zinedine Zidane


Gianluigi Buffon was named as the goalkeeper of the year at FIFA's The Best awards


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved