अभ्यासको लागि नेपाली यू-१९ टोली बंगलादेश जाँदै, ३ एक दिवशीय खेल खेल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 11:11:51 AM मा प्रकाशित

laxmi  sunrise bank

यू १९ एसिया कप क्रिकेटको तयारी स्वरुप अभ्यास खेल खेल्न नेपाली यु १९ टोली बंगलादेश जाने भएको छ । टोली आगामी सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

 बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले बंगलादेशको यु १९ टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा एक दिबशीय खेल खेल्ने छ । सबै खेलहरु क्रिडा शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । टोली कार्तिक २० गतेसम्म त्यहाँ रहने छ  ।

यू १९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved