यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 02:50:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । मलेसियामा कात्तिक अन्तिम साताबाट सुरु हुने प्रतियोगिताको लागि दिपेन्द्र सिंह एरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो।   

छनौट समितिले ४ वैकल्पिसहित १५ खेलाडी छनोट गरेको छ। मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि भेन्काटापन्थी राजुको छनौट समितिको रोजाईमा एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जित्ने खेलाडीहरु परेका छन। समितिले क्लोज क्याम्पमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो।

कात्तिक २५ देखि मङ्सिर ३ सम्म हुने एसीसी यू–१९ एसिया कपको तयारीका लागि नेपाली टोली सोमबार बंगलादेशको भ्रमण गर्दैछ ।  बंगलादेश भ्रमणको क्रममा नेपाली टिमले बंगलादेशको यु–१९ टिमसँग तीन मैत्रीपूर्ण खेल खेल्नेछ । 

प्रतियोगितामा एसिया कपमा टेष्ट मान्यता भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान सहित आठ टोली छन। एसोसियट राष्ट्रमा नेपाल र मलेसिया रहँदा अर्को एक टोलिको टुंगो लागेको छैन। उक्त टोलि एसिया कप छनोटको वेष्टर्न रिजनको छनोटबाट आउनेछ।

नेपाली टोली

दिपेन्द्र सिंह ऐरी (कप्तान)

रोहित कुमार पौडेल

सन्दिप लामिछाने 

सन्दिप सुनार 

प्रनित थापा मगर 

अनिल कुमार शाह 

पवन शर्रफ 

आसिफ शेख 

किशोर महतो 

शाहब आलम 

प्रकाश केसी 

कमल सिंह एरी 

भिम सार्की 

राशिद खान 

जितेन्द्र सिंह 

वैकल्पिक

सुन्दिप जोरा

विक्रम कुमार भुसाल

अंकित सुवेदी

विजय चौधरी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved