पाकिस्तानद्वारा श्रीलंका पराजित, पाकिस्तानका लागि बन्यो ८ बर्ष यताकै 'ऐतिहासिक क्षण'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 09:09:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आठ बर्षपछि पाकिस्तानमा भएको अन्तराष्ट्रिय क्रिकेट खेलमा पाकिस्तानले श्रीलंका बिरुद्द जित हासिल गरेको छ। श्रीलंका बिरुद्दको एक दिवसीय खेल आफ्नो पक्षमा लिएको पाकिस्तानले टि२० सिरिजपनि ३-० ले जित हासिल गरेको छ। 

पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछ्याएको श्रीलंका मात्र १४४ रन जोड्दै अल आउट भएको छ। श्रीलंकालाई सस्तोमा नै समेट्ने क्रममा मोहम्मद आमिरले ४, फहिम असरफले २ र इमाद वसीम, हसन अलि तथा मुहम्मद हफिजले समान एक एक विकेट लिए। 

पहिले ब्याटिङ गरेको पाकिस्तानले मात्र ३ विकेटको क्षतिमा १८० रन जोड्यो। पाकिस्तानका लागि सोयब मलिकले सर्वाधिक ५१ रन जोडे भने उमर अमिन र बबर आजिमले ३४ र ३१ रनको योगदान गरे।

पाकिस्तानमा ८ बर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट भएको छ। यसले उँधोगतिमा गएको पाकिस्तानको क्रिकेटको भविष्यलाई पुन: एकपटक जीवित बनाएको छ। सन २००९ मा पाकिस्तानमा पाकिस्तान र श्रीलंकाबीचको खेलमा आक्रमण भएको झन्डै ८ बर्षपछि त्यहाँ पहिलो पटक उच्च तहको अन्तराष्ट्रिय खेल भएको हो। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले आजको खेललाई 'ऐतिहासिक क्षण' भन्दै खुसि व्यक्त गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved