यु–१९ च्याम्पियनसिप छनौट: नेपाल २-० ले पराजित, अर्को खेल बहराइनसंग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 12:01:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोटको पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग पराजित भएको छ । आज भएको खेलमा नेपालले २-० को हार बेहोरेको हो । 

पहिलो हाफको २१ औं मिनेटमा  बोरुबेभ गुल्झिटको गोलबाट किर्गिस्तानले अग्रता लिएको थियो  । ९० मिनेटपछि थपिएको समयमा नेपालले फेरी गोल खाएपछि नेपाल २-० ले पराजित हुन् पुगेको हो ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र बहराइन छन् ।  नेपालले आप्mनो दोस्रो खेल कात्तिक १६ गते बहराइनसँग, तेस्रो खेल कात्तिक १८ गते युएइसँग र चौथो तथा छनोट चरणको अन्तिम खेल कात्तिक २२ गते ओमानसँग खेल्नेछ । 

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् । 

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved