म्यानचेस्टर युनाइटेडको विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 06:23:18 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग फुटबल अन्तर्गत   मंगलबार राति भएको खेलमा समूह ‘ए’ मा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको छ ।   खेलमा बेन्फिकालाई हराएको जोसे मोरिन्होको टिम युनाइटेड चार वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने संघार पुगेको हो । युनाइटेडको जितमा डेली ब्लिण्डले गोल गरे । यस्तै बेन्फिकाका माइल स्वीलरले आत्मघाती गोल गरे । स्वीलरले ४५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो । ७८ औं मिनेटमा ब्लिण्डले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो । अहिलेसम्म भएका सबै चार खेलमा जितेको युनाइटेड १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved