नेपाल र युएई बीचको खेल जारी, प्रतिष्ठाकाका लागि जित्ने पर्ने दबाबमा नेपाल (लाइभ)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 03:12:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेल अन्तर्गत नेपाल र युएईबीचको खेल जारि छ।  समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ ।

तर, आजको खेलमा प्रतिष्ठाका लागि पनि नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले बलियो प्रतिद्वन्द्वी युएईलाई रोक्न सक्यो भने ठूलै सफलता हुनेछ ।खेल आज साँझ पौने ५ बजे सुरु भएको हो। नेपालले यसअघि कीर्गिस्तानसँग २-० को तथा बहराइनसँग ४-० को हार बेहोरेको थियो । समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved