यसरि घट्यो फुटबल इतिहासमै लज्जास्पद घटना, समर्थकलाई ठटाएपछि एभरा समस्यामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 05:58:55 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपेली क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगअघि बिर्सन लायक घटना घटेको छ। मार्सिल्लेका प्रभावशाली डिफेन्डर प्याट्रिक एभराले क्लबका एक समर्थकलाई हिर्काएपछि फुटबल जगतमा यो घटना 'हट केक' बनेको छ। 

यस घटनालाई कसैले रंगभेदसंग जोडेका छन भने कसैले एभराको 'सनकी पन' भनेका छन। फ्रान्सेली क्लब मार्सिल्लेले बिहीबार राति पोर्चुगिज क्लब भिक्टोरिया डी ग्विमारेजको मैदानमा खेल्ने कार्यक्रम थियो । सोही खेलको अभ्यासका क्रममा ३६ वर्षीय एभराले आफ्नै क्लबका समर्थकलाई ठटाएका थिए ।

क्लबको अभ्यास हेरिरहेका एक समर्थकसंग सामान्य भनाभन पश्चात हात हालाहाल हुँदा हुँदै एभराको 'किक' मा झगडा सकिएको थियो। एभराले समर्थकको टाउकोमा ‘एरोबेटिक किक' प्रहार गरेका थिए। टोलिका आफ्नै सहकर्मीले छुट्याउदा छुट्याउदै समर्थक माथि एभरा जाईलागेका थिए। 

समर्थकमाथि हातपात गरेपछि एभरालाई भिक्टोरिया डी ग्विमारेजविरुद्घको खेल खेल्नबाट रोक लगाइएको छ। उनी परिवर्तित खेलाडीको रूपमा टोलीमा सहभागी थिए । उक्त खेलमा मार्सिल्ले १—० गोलले पराजित भएको थियो ।

एभराको यस्तो प्रतिक्रिया सामान्य घटनाने नउब्जिएको मार्सिल्लोका प्रशिक्षक रुडी गार्सियाको भनाई छ, 'प्याट्रिक एभरा टोलीका अनुभवी खेलाडी हुन्, पक्कै पनि त्यहाँ केही भएको हुनुपर्छ, अन्यथा उनले यस्तो कार्य कदापि गर्ने थिएनन्' संचारकर्मीहरुसंग बोल्दै प्रशिक्षक गार्सियाले यस्तो वताएका हुन। 

एभराका समर्थकहरुले समेत प्रशिक्षक गार्सियाले भने झैँ यस घटनालाई रंगभेदसंग जोडेर हेरेका छन। 'किक' खाएका ति समर्थकले पक्कै पनि एभरालाई कुनै आपत्तिजनक टिप्पणी गरेको हुन सक्ने अनुमान गरेका छन।

मार्सिल्लेका ती समर्थकले अभ्यासमा व्यस्त एभरालाई करिब आधा घन्टादेखि ठूलो स्वरमा जिस्काइरहेको समाचार फ्रान्सेली समाचारपत्रहरूले प्रकाशित गरेका छन् । आफूलाई जिस्काएपछि आक्रोशित बनेका एभराले ती समर्थकको टाउकोमा किक प्रहार गरेको समाचारमा उल्लेख छ।  

घटनाको कारणबाट अनुसन्धान जारि रहेपनि युरोपेली फुटबल महासंघ (यूईएफए) को अनुशासन समितिले एभरामाथि थप कारबाही गर्ने भएको छ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी एभरामाथि गरिने थप कारबाहीको निर्णय हुन भने बाँकी छ ।  

करिब आठ वर्ष म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दा एभराले क्लबलाई पाँचवटा प्रिमियर लिग र एउटा च्याम्पियन्स लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सेनेगलका खेलाडी एभरा म्यानचेस्टर युनाइटेडबाट तीन वर्ष इटालियन सिरिए क्लब युभेन्ट्समा बिताएपछि यसै सिजन मार्सिल्लोमा आबद्ध भएका हुन् । गत जनवरीमा मार्सिल्लेमा आबद्ध भए पनि उनले क्लबका लागि हालसम्म दुई खेलमात्र खेलेका छन् ।

एभराको यस घटनालाई विभिन्न सञ्चारमाध्यमले मार्सिल्लेकै पूर्वखेलाडी एरिक क्यान्टोनाको घटनासँग तुलना गरेका छन् । म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दा क्यान्टोनाले सन् १९९५ को जनवरीमा भएको क्रिस्टल प्यालेसविरुद्घको खेलका क्रममा एक समर्थकलाई ‘कुङ् फु किक' प्रहार गरेर लडाईदिएका थिए। 

उक्त घटनालगत्तै फ्रान्सेली खेलाडी क्यान्टोनालाई रातो कार्ड देखाइएकोे थियो भने नौ महिनासम्म कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध पनि लगाइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved