१४ गोल खाएर १ गोल पनि नगरी फर्कने भो एएफसी च्याम्पियनसिप खेल्न गएको यु १९ टोली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 01:52:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ  । आज भएको अन्तिम खेलमा  नेपाल ओमानसँग ५-० गोल अन्तरले पराजित भएको हो । 


कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपालले ओमानसँग फराकिलो पराजय बेहोरेको हो   । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । 

च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहो¥यो । चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन । 

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग १–० ले गोलअन्तरको हार ब्यहोर्न पुगेको थियो । 

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् । 

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved