सन्दिप लामिछाने बिश्वका उत्कृष्ट ५०१ खेलाडीको सुचिमा, छनौट भए पाकिस्तान सुपर लिग खेल्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 07:35:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका उदयीमान युवा स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन्। पिएसएलले शुक्रबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीपसहित ५ सय १ खेलाडी समेटिएका छन्।  

पीएसएलका अनुसार ड्राफ्टमा परेका खेलाडीको अन्तिम छनोट आगामी आइतबार हुनेछ। ड्राफ्टमा परेका खेलाडीलाई प्लाटिनम, डाइमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटागोरीमा राखिएको छ। सन्दिप सिल्भर क्याटागेरीमा परेका छन्। 

एचबिएल पीएसएलमा सहभागी ६ टिमले ड्राफ्टमा राखिएका खेलाडीहरु मध्ये एक प्लाटिनम, एक डाइमन्ड, एक गोल्ड, दुई सिल्भर र दुई इमर्जिङ क्याटागोरी गरि १६ खेलाडी चयन गर्न पाउनेछन। जहाँ ९ खेलाडी यसअघि नै छनोट भइसकेका छन्। अब बाँकी खेलाडी ड्राफ्टबाट छनोट हुनेछन्।     प्रत्येक टिमको तलब क्याब १ करोड २० लाख अमेरिकी डलर हुनेछ। 

ड्राफ्टमा सन्दीपसँगै क्रिस लियोन, जेपी डुमिनी, इमरान ताहिर, कार्लोस बाथवेट, सेन वाट्सन, ड्वाइन ब्राभो, एन्जेलो म्याथ्यु, मिचेल जोनसन, लुक रोची, अदिल खान, थिसार परेरा लगायत छन्। 

सन्दीप यसअघि बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि टिममा छनोट हुन असफल भएका थिए। सन्दीप हाल यु–१९ एसिया कप खेल्न मलेसियामा छन्। उनी सिनियर टिमका लागि पनि भरपर्दा बलर हुन्।

ड्राफ्टको लिस्ट हेर्न यो यहाँ क्लिक गर्नुहोस्

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved