विश्वकप फुटबलमा इटाली छनौट हुने सम्भावना घट्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 06:53:34 AM मा प्रकाशित

laxmi  sunrise bank

इटाली विश्वकपमा छनौट हुने सम्भावना कम्जोर बनेको छ। विश्वकप छनोटका लागि कात्तिक २४ गते राति प्ले–अफको पहिलो लेग अन्तर्गतको  खेलमा स्विडेनसंग १-० ले पराजित भएसंगै रुसमा हुने विश्वकप फुटबलमा इटाली छनोट नहुने सम्भावना बढेको हो।     

घरेलु मैदानमा भएको खेलमा स्विडेनका लागि याकोव याहानसनले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको दोस्रो हाफमा इटालीले ६१ औं मिनेटमा गोल खाएको हो। 

जितसंगै विश्वकपमा स्विडेन छनौट हुने सम्भावना बलियो बनेको छ। पहिलो लेगमा समेत स्विडेनले जित हासिल गरेको थियो। दोस्रो लेग आगामी सोमबार इटालीमा हुनेछ । 

विश्वकपमा आफ्नो स्थान बनाउन दोस्रो लेगमा इटालीले जित्त्नै पर्ने हुन्छ। यता स्विडेनले भने बराबरी खेले मात्र पनि विश्वकपमा छनौट हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved