मोरक्को र ट्युनिसिया विश्वकप २०१८ मा छनौट, डेनमार्कले अर्को खेल कुर्नुपर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 06:00:22 AM मा प्रकाशित

laxmi  sunrise bank

मोरक्को र ट्युनिसियाले विश्वकप फुटबल २०१८ मा आफ्नो स्थान पक्का गरेका छन। कात्तिक २५ गते राति भएको खेलमा दुवै टोलिले जित हासिल गर्दै विश्वकपको यात्रा तय गरेका हुन। 

मोरक्कोले आइभोरी कोष्टलाई २-० ले पराजित गर्दै विश्वकपमा छनौट भएको हो। आइभोरी कोष्टको घरेलु मैदानमा मोरक्कोका डिरार र बेनातियाले एक/एक गोल गरे। पराजयसंगै आइभोरी कोष्टले विश्वकपमा छनौट हुन असफल रह्यो। 

त्यस्तै 

गएराती भएको अर्को खेलमा ट्युनिसियाले लिबियासंग गोलरहित बराबरीमा खेल्दै विश्वकपमा छनौट भएको हो। समुहका ६ खेलबाट ट्युनिसियाले १४ अंक जोड्यो भने १३ अंकसहित दोस्रो स्थानमा रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वकप छनोट हुन सकेन ।अफ्रिकी समूहबाट नाईजेरिया यसअघि नै विश्वकपका लागि छनोट भईसकेको छ । बाँकी दुई टोलीको टुंगो लाग्न बाँकी छ ।   

यता विश्वकप छनोट अन्तर्गत युरोपेली प्ले अफ्को खेलमा रिपब्लिक अफ आयरल्याण्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ । डेनमार्कमा शनिबार राती भएको खेल बराबरीमा सकिएपछि अब आयरल्याण्डमा हुने खेलले विश्वकपमा छानिने एक टोलीको टुंगो लाग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved