६० बर्षपछि विश्व विजेता ईटाली विश्वकप फुटबलमा छनोट हुन असफल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 06:13:22 AM मा प्रकाशित

laxmi  sunrise bank

६० बर्षपछि पहिलो पटक इटाली विश्वकपमा छनौट हुन असफल भएको छ। ४ पटक विश्वकप उपाधि चुमेको इटाली सन १९५८ पछि पहिलो पटक विश्वकपमा छनौट हुन असफल भएको हो। 

कात्तिक २७ गते राति भएको युरोपेली प्ले अफको दोस्रो लेगको खेलमा स्विडेनसँग गोलरहीत बराबरी खेलेपछि ईटाली रुसमा हुने विश्वकप २०१८ मा छनोट हुन नसकेको हो।

यसअघि पहिलो लेगको खेलमा स्विडेन १-० ले विजयी भएको थियो । युरोपेली छनोट समूहमा स्पेनसँगै परेको ईटाली समूहमा दोस्रो हुँदै प्ले अफ्का लागि छानिएको थियो ।

तर प्ले अफमा स्विडेनलाई हराउन नसक्दा ईटालीले सन् १९५८ पछि पहिलो पटक विश्वकप फुटबल गुमाउने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved