५.३ ओभर मै जित्यो नेपाल , मलेशिया ८ विकेटले पराजित, सेमिफाइनल सम्भावना बलियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 11:37:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारि एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल बिजयी भएको छ  ।  नेपालले आयोजक मलेशियालाई ८ विकेटले पराजित गरेको हो  । 

४६ रनको झिनो लक्ष्य लिएर मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा ५.३ ओभरमा लक्ष्य भेट्टायो  । नेपालका लागि अनिल कुमार शाहले सर्बाधिक २६ रन, कप्तान दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन, आशिफ शेखले ४ रन, तथा   भिम सार्कीले ३ रन जोडे  । 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको आयोजक मलेशिया १५.३ ओभर मै ४५ रन जोड्दा अल आउट भयो । मलेसियालाई सास्तीमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले सर्बाधिक ५  साहव आलम र दिपेन्द्र सिंह ऐरीले समान २-२ तथा अनिल कुमार शाहले १ विकेट लिए । मलेशियाका २ खेलाडी बाहेक अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन । 

बर्षाको कारण प्रभावित खेललाई २४ ओभरमा झारिएको थियो । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।  

जित संगै नेपालले आफ्नो सेमिफाइनल सभ्भावाना बलियो बनाएको छ  । अहिले भारतले पनि आफ्नो अन्तिम खेलमा बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ । उक्त खेलमा भारत पराजित भए नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्ने छन् । उक्त खेलमा भारत बिजयी भए भारत ,बंगलादेश र नेपाल सबैको ४ अंक हुनेछ र रन रेटको आधारमा उत्कृष्ट २ टोली सेमिफाइनलमा पुग्ने छन्  ।  

भारतले बंगलादेशलाई १८८ रनको लक्ष्य दिएको छ । उक्त खेल जारी छ  ।  

यस अघि नेपालले बंगालदेशसंग हार बेहोरेको थियो भने भारत बिरुद्द ऐतिहासिक जित निकालेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved