नेपाल यु–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश, ३ पटकको च्याम्पियन भारत समूह चरणबाटै आउट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 01:42:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मलेसियामा जारि एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ  । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो  । 

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेश संग २ विकेटको पराजय बेहोरेको थियो भने दोस्रो खेलमा भारतलाई १९ रनले तथा मलेशियालाई ८ विकेटले पराजित गर्यो  । 

आज भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई पराजित गरेपछि यस समूह बाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका हुन्  ।  

यस संगै ३ पटकको च्याम्पियन तथा प्रतियोगिताको सर्बाधिक सफल टोली भारत समूह चरण बाट नै बाहिरिएको छ  ।  

अब नेपालले फाइनल प्रवेशको लागि समूह एको बिजेता अफगानिस्तानसंग प्रतिस्पर्धा गर्ने छ भने बंगलादेशले फाइनल प्रवेशको लागि पाकिस्तानसंग प्रतिस्प्रधा गर्ने छ  । 

नेपालको खेल आगामी शुक्रबार हुनेछ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved