नेपालीले विश्वकपमा हेर्न चाहेका यी ५ टिम .....जो रुसमा हुने विश्वकपमा छनौट हुन सकेनन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 04:30:59 PM मा प्रकाशित

laxmi  sunrise bank

Five Teams You Expect To See At World Cups...Who Have Failed To Qualify For Russia 2018

अर्को बर्ष रुसमा हुने २०१८ को विश्वकप फुटबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ। अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टोली बनेको हो।

विश्वको जुनसुकै कुनामा फुटबलका ठुला प्रतियोगिता भएपनि त्यसले नेपाल लगायतका फुटबल प्रेमीहरुको ध्यान तान्ने गर्छ। त्यसमा पनि विश्वकप फुटबलको प्रभाब बेग्लै हुन्छ। 

अर्को बर्ष देखि रुसमा विश्वकप फुटबल प्रतियोगिताले विश्वका फुटबल प्रेमीहरुको ध्यान बिस्तारै खिच्दै लगेको छ। तर यसपालि नेपाल लगायतका बिभिन्न देशका फुटबल प्रेमीहरुले आफुले चाहेको टिम विश्वकपमा देख्न पाउनेछैनन। 

फुटबलको महासंग्राममा आफुले चाहेको टिमलाई हेर्न नपाउँदा अवश्यपनि जो कोहीलाई नरमाइलो महसुस हुन्छ। रुसमा हुने विश्वकपमा छनौट हुन नपाउँदा यी राष्ट्रका नागरिकलाई जति पिडा छ, त्यति नै यी टिमका समर्थकलाई पनि। यी ५ टिमलाई विश्वकपमा हेर्न नपाउँदा नेपाल लगायतका बिभिन्न देशका समर्थकलाई 'खल्लो' बनाएको छ। विश्वकपमा छनौट हुन नसकेका प्रमुख ५ राष्ट्रहरु:

इटाली 


विश्व फुटबलको महारथी इटालीले रुसमा हुने बिश्वकपमा छनौट हुन असफल हुन्छ भनेर सायदैले सोचेका थिए। तर जे नहुनु थियो त्यहि भएको छ। जसले गर्दा इटालीका नागरिक सहित विश्व भरका समर्थकहरुलाई यो विश्वकप खल्लो हुने भएको छ। 

इटालीले ४ पटक विश्व बिजेता बनेको इटालीले सन १९५८ यता झन्डै ६० बर्षपछि पहिलो पटक विश्वकप खेल्न नपाउने भएको हो। ब्राजिलपछि सबै भन्दा बढी पटक विश्वकपको उपाधि जित्नेको सुचिमा इटाली पर्दछ। इटाली सन १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जितेको थियो। 

विश्वकप छनौट यात्रामा समूहमा स्पेन पछि दोस्रो हुँदै प्ले अफ खेल्न बाध्य हुनु नै इटालीको लागि अशुभ रह्यो। प्ले अफ को पहिलो खेलमा स्विडेनसंग १-० ले पराजित भएको इटाली दोस्रो प्ले अफमा बराबरीमा रोकिएपछि उसको विश्वकप् २०१८ को यात्रा रोकिएको हो। यससंगै इटालीका चर्चित खेलाडी बफ्फन, चेल्लिनी, बर्जगली र दे रोस्सीको खेल हेर्नबाट फुटबल प्रेमीहरु बन्चित हुनेछन।

नेदरल्याण्ड 


यूरोपियन मुलुकको उत्कृष्ट फुटबल टिमको 'उपमा' पाएको नेदरल्याण्डलाई समेत फुटबल प्रेमीले रुसमा हुने विश्वकपमा देख्न पाउनेछैनन्। विश्वकप छनौट चरणका खेलमा अपरापक्व र कम्जोर खेल पस्किएको नेदरल्याण्डले अब कतारमा हुने सन् २०२२ को यात्राको आशमा बस्नु पर्नेछ। 

विश्वकप बिजेता बन्न नसकेपनि नेदरल्याण्डले अहिलेसम्म तिन पटकको विश्वकपमा दोस्रो हुँदै चित्त बुझाउन बाध्य भएको छ। नेदरल्याण्डले १९७४, १९७८ र २०१० को विश्वकपमा सेकन्ड रनर अपमा चित्त बुझाएको थियो। 

संयक्त राज्य अमेरिका 

Image result for united states of america football team failed to russia

सन १९९४ देखिको हरेक विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको अमेरिकाका लागि अर्को बर्ष हुने विश्वकप दुखद हुने भएको छ। रुसमा हुने विश्वकपमा अमेरिकालाई हेर्न नपाउँदा पक्कै पनि अमेरिकन नागरिक दुखि त हुनेनै छन, यो टिमका समर्थक समेत खुसि हुनेछैनन। 

चिली 


दक्षिण अमेरिकाको क्षेत्रमा आफ्नो दबदबा कायम राखेको चिली समेत रुसमा हुने विश्वकपमा देखिनेछैन। ब्राजिलसंगको पराजयसंगै चिलीको विश्वकप छनौट सम्भावनामा पूर्ण बिराम लागेको हो। 

छनौट चरणको अन्तिम खेल अगाडी नै समुहमा तेस्रो स्थानमा सिमित भएको चिलीले कतारमा हुने विश्वकप २०२२ का लागि आश गर्न बाहेक दोस्रो बिकल्प छैन। तर कोपा अमेरिकाको बिजेता चिलीका समर्थकहरुलाई भने रुसमा हुने विश्वकप खल्लो हुनेछ। 

क्यामरुन 


अफ्रिकन क्षेत्रलाई नै नेतृत्त्व गर्ने क्षमता राख्ने क्यामरुनका खेलाडी तथा समर्थकले सपनामा पनि सोचेका थिएनन विश्वकप २०१८ मा छनौट नहुने कुरा। तर यहाँ त्यस्तै नसोचेको हुन गएको छ। 

'सातौँ आश्चर्य' का रुपमा परिचित क्यामरुन आफैंमा सफल र बलियो टोलि हो। तर यहाँ भाग्य बलियो नहुँदा क्षमताको केहि लाग्दैन भन्ने तथ्य प्रमाणित भएको छ। 

अफ्रिकन कप जितेर अफ्रिकाको नै नेतृत्त्व गरेको क्यामरुन यस्तो टिम हो जसले विश्वकपको यात्रामा क्वाटरफाइनलमा पुग्ने पहिलो अफ्रिकन मुलुक बन्ने रकर्ड कायम गरेको छ। तर यहि बलियो टिम रुसमा हुने विश्वकपमा देखिने छैन।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved