यु १९ एसिया कप : नेपाललाई पराजित गर्दै अफगानिस्तान फाइनलमा प्रवेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 11:11:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा नेपाल पराजित भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको हो  । नेपालले दिएको १०४ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३ विकेटको क्षतिमा २०.३ ओभरमा भेट्टायो  । 

टोलीलाई फाइनल यात्रा तय गराउने क्रममा अफगानिस्तानको लागि रेमनउल्लाह गुरबाजले सर्बाधिक ७१ रन जोडे  । नेपालको तर्फबाट कमल सिंह ऐरी, सन्दिप लामिछाने र पवन शरफले समान १-१ विकेट लिए  । 

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले  २८ ओभरमा अलआउट हुँदै मात्र १०३ रन जोड्न सक्यो। अफगानिस्तानको किफायती बलिङसामु नेपालका अनिल कुमार साहले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन ।

९ रन जोड्दा २ विकेट गुमाएको नेपालको लागि अनिलले ५७ बलमा ७ चौका र १ छक्कासहित ५० रन बनाए । नेपालका साहब आलम ७ रनमा अविजित रहे । 

नेपालका लागि पवन शार्रफले ८, सन्दिप लामिछानेले ७  तथा कप्तान दिपेन्द्र सिहं ऐरी  र  भिम सार्कीले समान ६ – ६ रन जोडे  । यस्तै आसिफ शेख सुन्य रनमा आउट हुँदा रोहित कुमार पौडेल ४ र जितेन्द्र सिंह १ रनमा बनाएर पेभेलियन फर्किए। नेपाललाई सस्तोमा समेट्दै  अफगानिस्तानका मुजिब उर रहमानले एक्लैले ६ विकेट लिए भने अहमद कमवालले २ विकेट लिए ।

यो संगै अब प्रतियोगिताको उपाधिको लागि पाकिस्तान र  अफगानिस्तान भिड्ने भएका छन्। पाकिस्तानले बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो   । 

नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको यो नै पहिलो पटक हो  । नेपालले भारत र मलेशियालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved