यु १९ एसिया कपको उपाधि अफगानिस्तानलाई, पाकिस्तान १८५ रनले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2017 | 11:42:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेशियामा भएको एसीसी यु १९ एसिया कपको उपाधि अफगानिस्तानले जितेको छ । आज भएको फाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई १८५ रनको भारी अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । 

पहिले ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २४८ रन जोड्यो । अफगानिस्तानको लागि इक्रम अली खिलले सर्बाधिक नट आउट १०७ रन जोडे । 

२४९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तान २२.१ ओभरमै अल आउट हुदै ६३ रन मात्र जोड्न सक्यो । पाकिस्तानका मोहम्मद ताहाले १९ तथा हसन खानले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन स्कोर गर्न सकेनन । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा मुजिर उर रहमानलेसर्बधिक ५ विकेट लिए ।



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved