रोनाल्डोसंग बराबरी गर्दै मेसिले जिते चौथो पटक गोल्डेन बुट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 06:40:26 PM मा प्रकाशित

laxmi  sunrise bank

लियोनल मेसिले चौथो पटक गोल्डेन बुट जितेका छन। मेसिले युरिपियन लिग ला लिगामा सर्वाधिक ३७ गोल गर्दै मेसिले चौथो पटक गोल्डेन बुट जितेका हुन। 

एक कार्यक्रमका बीच मेसिले सहकर्मी बार्सिलोनाका लुइस सुराजको हातबाट गोल्डेन बुट ग्रहण गरेका छन। यससंगै मेसिले रियल म्याड्रिडका रोनाल्डोसंग बराबरी गरेका छन। 

'मैले केहि न केहि सुधार गर्दै गएको छु र परिपक्व हुँदै गएको छु' गोल्डेन बुट ग्रहण गर्दै मेसिले भने, 'एक फुटबलरका रुपमा म निरन्तर रमाउंदै आएको छु।'

मेसिले यस अघि सन २०१०, २०१२ र २०१३ मा गोल्डेन बुट जितेका थिए। त्यस्तै रोनाल्डोले सन् २००८, २०११, २०१४ र २०१५ मा गोल्डेन बुट जितेका थिए ।   





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved