महिला विश्व टी–२० छनोट: युएईले मलेसियालाई हराएपछि नेपाल बाहिरियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 03:20:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 

थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले चीनलाई ५० रनले पराजित गरेपनि बिश्वकप छनौटबाट बाहिरिएको छ। 

पहिलो २ खेल वर्षाको कारण प्रभावित हुँदा अंक बाड्न बाध्य भएको नेपालले युएईसंग ५ रनले पराजय भोगेकाले छनौट हुने सम्भावना कम्जोर बन्दै गएको थियो। त्यसमा पनि मङ्सिर १० गते युएई र मलेसियाबीचको खेलमा मलेसिया पराजित भएसंगै नेपालको विश्वकप छनौट हुने सम्भावना सकिएको हो। 

चीनलाई ५० रनले पराजित गरेको नेपालका लागि मलेसियाको जित आवश्यक थियो तर मलेसियालाई युएईले पराजित गरेसंगे नेपाल समुह तालिकामा तेस्रो स्थानमा सिमित हुन पुग्यो। 

एसोसिएट राष्ट्रमध्ये एसियाली क्षेत्रबाट दुई राष्ट्र ग्लाेबल छनोटमा सहभागी हुन पाउने प्रावधान अनुसार नेपाल विश्वकपमा छनौट हुन नसकेको हो। एसोसिएट राष्ट्रमध्ये युएई र थाइल्याण्ड विश्वकपमा छनौट भएका छन। 

यसरि महिला विश्व टी-२० एसिया छनोट हुने नेपालको सम्भावनामा मलेसियाको पराजय बाधक बनेको छ। युएईलाई मलेसियाले पराजित गरेको हुन्थ्यो भने नेपाल समूहमा दोस्रो हुँदै विश्वकप छनौट हुन्थ्यो तर नेपालको लागि त्यो अवसर गुमेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved