विश्व क्रिकेट लिग च्याम्पियनसिप: युएईविरुद्धको खेलका लागि १४ खेलाडी छनोट, सुची सहित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2017 | 03:03:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको खेलका लागि नेपालले १४ खेलाडी छनोट गरेको छ । च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलका लागि   यस अघि छनौट भएका २०  खेलाडी मध्ये बाट बन्द  प्रशिक्षणमा गरेको प्रदर्शनको आधारमा अन्तिम १४  खेलाडीको टुंगो लागेको हो  ।

 आइसीसीका प्रतिनिधि इस्लाम, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी चयन गरेको हो  ।

को को परे अन्तिम १४ मा ? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन। 

वैकल्पिक खेलाडी– कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी।

मुख्य प्रशिक्षक जगत टमाटाका अनुसार नेपाली टिम बुधबार यूएई प्रस्थान गर्नेछ। वैकल्पिक खेलाडीको रुपमा रहेका अनिलकुमार साह र कुशल भुर्तेल पनि युएई जाने बताइएको छ। नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि आउँदो शुक्रबार अमेरिका र आइतबार केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम छ।

च्याम्पियनसिपको अन्तिम चरणको खेलमा नेपालले युएईसँग उसैको मैदानमा आगामी डिसेम्बरमा दुई खेल खेल्नेछ । नेपाल र युएईबिचको खेल ६ डिसेम्बर र ८ डिसेम्बरमा हुने छ । 

च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत गएको  कात्तिकमा हङकङविरुद्ध एक खेलमा हार र एक खेलमा अंक बाडेपछि नेपाल डिभिजन दुईमा झरेको थियो । डिभिजन २ सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ । नेपालले डिभिजन २ बाट विश्वकप छनोटमा पुग्ने अन्तिम मौका पाउने छ  ।  डिभिजन २ को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved