फिफा विश्वकप २०१८ ड्र हाइलाइट: इंग्ल्याण्डले बेल्जियमसंग भिड्ने, फ्रान्स कठिन समुहमा (विश्लेषण)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 01, 2017 | 08:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा हुन गईरहेको विश्वकप फुटबल २०१८ मा सहभागी टिमको समुह टुंगो लागेको छ। मङ्सिर १५ गते राति ९ बजे भएको समुह चरणको ड्र बाट प्रतियोगितामा सहभागी ३२ टोलिलाई ८ समूहमा बाँडिएको हो। 

सहभागी ३२ टोलीलाई ४ 'पट' मा बाँडि ड्र गरिएको हो। विश्वकप २०१८ का लागि साउदी अरबलाई भाग्यलाई साथ दिएको छ भने बलियो टिम मानिने फ्रान्स कठिन समुहमा परेको छ। 

कुन टिम कुन समूहमा ?

समुह ए: रसिया, उरुग्वे, इजिप्ट, साउदी अरब 

समुह बि: पोर्चुगल, स्पेन, इरान, मोरोक्को 

समुह सी: फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया 

समुह डी: अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया 

समुह ई : ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टारिका, सर्भिया 

समुह एफ: जर्मनी, मेक्सिको, स्विडेन, दक्षिण कोरिया

समुह जी: बेल्जियम, इंग्ल्याण्ड, टुनेसिया, पानामा 

समुह एच : पोल्याण्ड, कोलोम्बिया, सेनेगल, जापान

सुरुवाती खेलहरु 

पहिलो खेल 

रसिया बिरुद्द साउदी अरब 

त्यसपछि 

उरुग्बे बिरुद्द इजिप्ट 

पोर्चुगल बिरुद्द स्पेन 

इरान बिरुद्द मोरोक्को 

फ्रान्स बिरुद्द अष्ट्रेलिया 

पेरु बिरुद्द डेनमार्क 

अर्जेन्टिना बिरुद्द आइसल्याण्ड 

क्रोएसिया बिरुद्द नाइजेरिया 

ब्राजिल बिरुद्द स्विट्जरल्यान्ड 

कोस्टारिका बिरुद्द सर्भिया 

जर्मनी बिरुद्द मेक्सिको 

स्विडेन बिरुद्द दक्षिण कोरिया 

बेल्जीयम बिरुद्द पनामा

इंग्ल्याण्ड बिरुद्द टुनेसिया 

पोल्याण्ड बिरुद्द सेनेगल 

कोलोम्बिया बिरुद्द जापान   


विश्लेषण 

रसिया इंग्ल्याण्ड र फ्रान्सले समुहमा सजिलो प्रतिद्वन्दी पाएका छन। यी टिमसंगै पोर्चुगलले समेत अब आफ्नै छिमेकी स्पेनसंग खेल्नु पर्नेछ। त्यस्तै अर्जेन्टिना कठिन समुहमा परेको छ। क्रोएसिया, आइसल्याण्ड र नाइजेरिया जस्तो बलियो टिमसंग अर्जेन्टिनाले खेल्नु पर्नेछ। त्यस्तै मेक्सिकोले जर्मनी , स्विडेन र दक्षिण कोरियासंग भिड्नेछ।

समुह ए विश्लेषण:

आयोजक रसिया र साउदी अरबको खेलबाट विश्वकप २०१८ को सुरुवात हुनेछ। फिफा र्यांकको आधारमा ३२ टिममा सबै भन्दा कम्जोर मानिएका साउदी र रसियाबीचको भिडन्तले विश्वकप २०१८ को स्वागत गर्नेछ। 

यी दुवैले समूहमा सजिलो टिम पाएका छन। यद्दपी उरुग्वे यस समूहबाट सहजै उत्कृष्ट १६ मा पुग्ने देखिन्छ। संगसंगै यस समुहबाट रसिया र इजिप्टले समेत उत्कृष्ट १६ मा स्थान बनाउन सक्ने सम्भावना छ।

समुह बी 

पोर्चुगल र स्पेनलाई समुह बी बाट अन्तिम १६ मा सहज देखिएको छ। यस समुहमा रहेका इरान र मोरक्कोले पहिलो चरणबाट नै घर फर्किनुपर्ने अवस्थामा देखिएका छन।   

समुह सी

८ मध्ये समुह सी लाई ग्रुप अफ डेथ को उपमा दिंदा फरक नपर्ने देखिन्छ। यस समुहबाट अन्तिम १६ मा पुग्न फ्रान्सलाई कठिन हुने देखिएको छ। फ्रान्सले बलिया प्रतिद्वन्दी डेनमार्क, पेरु र अष्ट्रेलियाको सामना गर्नुपर्ने हुन्छ।

त्यस्तै समुह एफ मा रहेको जर्मनीलाई अन्तिम १६ मा पुग्न सहज हुने देखिएको छ। यद्दपी जर्मनीले मेक्सिको र स्विडेन जस्तो बलियो टिमको सामना गर्नुपर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved