इतिहास कै अनौठो घटना: प्रदुषणका कारण २ पटक टेष्ट खेल स्थगित, खेलाडीद्वारा बलिंङ गर्न अस्विकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2017 | 10:42:17 AM मा प्रकाशित

laxmi  sunrise bank

टेष्ट क्रिकेटको इतिहास मै आइतबार अनौठो घटना घटेको छ । भारतको दिल्लीमा श्रीलंका र भारतबीच चलिरहेको दोस्रो टेष्टमा प्रदुषण बढेको कारण खेल २ पटक स्थगित हुन् पुगेको हो  । 

 भारतको राजधानी शहरमा वायु प्रदूषणको मात्रा विगत केही साताअघिदेखि निकै बढेको छ। बीबीसीका वारेन बुल भन्छन्, "एउटा अभूतपूर्व कदम चाल्दै श्रीलंकाका खेलाडीहरुले मास्कले मुख छोपे र दुई जना खेलाडीले त बल फ्याक्नै अस्वीकार गरे, जसका कारण त्यो टेस्ट म्याच तीन पटक स्थगित गरियो।"

भारतले ब्याटिंग गरिरहेको बेला श्रीलंकाका खेलाडीहरुले तुवाँलो बढेको गुनासो गरे ।  यहाँसम्म कि उनीहरुले मास्क लगाएर फिल्डिंग गरे भने बलिंग गर्न नै अस्विकार गरे । खेलाडीहरुले प्रदुषण बढेको भन्दै फिल्ड बाहिर आउँदा उनीहरुका १० खेलाडी मात्र फिल्डमा थिए । खेल पहिलो पटक १७ मिनेट र दोस्रो पटक ५ मिनेट स्थगित भयो । 

केहि भारतीय खेलाडी पनि मास्ट लगाएका देखिन्थे  । 

त्यति बेला भारतीय कप्तान बिरात कोहली ब्याटिंग गरिरहेका थिए । श्रीलंकाली खेलाडीहरुले बलिंग गर्न आनाकानी गरिरहेपछि कोहलीले ३ विकेट बाँकी रहँदै पारी समाप्ति भएको घोषणा गर्दै आफुहरु फिल्डिंग गर्न तयार रहेको बताए । कोहली त्यस खेलमा २४३ रन जोडेका थिए जुन उनको हालसम्म कै सर्बाधिक टेस्ट स्कोर हो ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै केहीले दिल्लीमा वायु प्रदूषण बढेको बेला श्रीलंकाका खेलाडी सही कदम चालेको बताएका छन्।

केहीले भने भारतीय टोलीको दबाबबाट बेखुसी भएकाले "श्रीलंकाली टोलीले नाटक गरेको" टिप्पणी गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved