आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप: टस हारेर ब्याटिंङ गर्दै नेपाल (हेर्नुस लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2017 | 09:23:00 AM मा प्रकाशित

laxmi  sunrise bank

 आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले नेपालले युएईसँग उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ ।  नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको हो।

नेपालले टस हारेर पहिले ब्याटिंग गरिरहेको छ । 

खेलको लागि नेपाल एकहप्ता अघि नै यूएई प्रस्थान गरेको थियो । त्यहाँ रहंदा नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो ।जसमा   नेपाल अमेरिकासँग पराजित भएको थियो भने केन्या विरुद्ध जित निकालेको थियो। दुबै खेलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र करण केसीले खेलेका थिएनन्।

हेर्नुस लाइभ । 



च्याम्पियनसिपको शीर्ष चारमा रहने टोली विश्वकप छनोट खेल्ने प्राबधान रहेकोमा च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत गएको  कात्तिकमा हङकङविरुद्ध एक खेलमा हार र एक खेलमा अंक बाडेपछि नेपाल शिर्ष ४ मा नपर्ने निश्चित भएको छ । उक्त हार संगै नेपाल भिजन दुईमा झरेको छ । 

  नेपालले विश्वकप छनोट खेल्न आगामी फ्रेब्रअरीमा हुने डिभिजन टु खेल्नुपर्नेछ। डिभिजन २ सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ । नेपालले डिभिजन २ बाट विश्वकप छनोटमा पुग्ने अन्तिम मौका पाउने छ  ।  डिभिजन २ को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । 

यस्तो छ नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved