नेपाल यूएईसँग ७ विकेटले पराजित, अब नेपालको विश्वकप यात्रा कति कठिन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 06, 2017 | 05:20:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौँ चरणको पहिलो खेलमा नेपालले पराजय भोगेको छ। घरेलु टोलि युनाइटेड अरब इमिरेटसको शिख जायद क्रिकेट रंगशालामा भएको खेलमा नेपाल युएईसंग ७ विकेटले पराजित भएको हो। 

नेपालले दिएको २२२ रनको लक्ष्य युएईले निर्धारित ओभर सकिन ४ ओभर १ बल बाँकी छँदा मात्र ३ विकेटको क्षतिमा पुरा गर्यो। युएईका लागि गुलाम सबिरले नटआउट ८१ रनको पारि खेले। सबिरले ८ चौकाको मद्दतमा ८१ रन जोडेसंगै नेपालको हार्ने सम्भावना बढेको थियो। 

त्यस्तै युएईका लागि कप्तान रोहन मुस्ताफाले ६२ रन बनाए । उनले ७१ बलको सामना गर्दै ७ चौका र एक छक्का प्रहार गरे। त्यस्तै, युएईका लागि रमिज शाहजादले ३७ रन बनाए। नेपालका लागि सन्दिप लामिछाने र शरद भेषवाकरले समान १–१ विकेट लिए। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा २२१ रन जोड्यो। नेपालका लागि शरद भेषवाकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । शरदले अविजित रहँदै ८१ रन बनाए । उनले ९५ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । त्यस्तै बसन्त रेग्मी १४ रनमा अविजित रहे ।   

त्यस्तै नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ६ चौकासहित ५४ रन बनाए । तर नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले समान २०–२० रन मात्र जोडे भने ओपनर दिलिप नाथले मात्र १६ रन बनाएर पेभेलियन फर्किए। साथै विनोद भण्डारी ४ तथा आरिफ शेख शून्य रनमा आउट भए । युएईका लागि जाहुर खानले दुई र अहमेद राजा, मोहमद नाभिद र रोहन मुस्ताफाले समान एक एक विकेट लिए ।

बलियो टिम युएई सामु नेपालको बलिंग र ब्याटिङ कम्जोर बन्दा सातौं चरणको पहिलो खेलमा नेपालले पराजय भोगेको हो। गत कात्तिकमा हङकङविरुद्ध एक खेलमा हार र एक खेलमा अंक बाडेपछि नेपाल शिर्ष ४ मा नपर्ने निश्चित भएको छ । उक्त हार संगै नेपाल डिभिजन दुईमा झरेको छ । 

नेपालले विश्वकप छनोट खेल्न आगामी फ्रेब्रअरीमा हुने डिभिजन टु खेल्नुपर्नेछ। डिभिजन २ सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ । नेपालले डिभिजन २ बाट विश्वकप छनोटमा पुग्ने अन्तिम मौका पाउने छ। डिभिजन २ को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ नेपालले घरेलु टोलीविरुद्ध शुक्रबार दोस्रो खेल खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved