नेपाल अहिलेसम्मकै ठुलो अन्तरले बिजयी, सेमिफाइनलमा मलेसियासंग भिड्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 11:49:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले म्यानमारलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गर्दै समुह बिजेता बनेको हो।   

नेपालले दिएको ३५१ रनको बिशाल स्कोर पछ्याउदै मैदानमा उत्रेको म्यानमारले मात्र १३ रन जोड्न सक्यो। ११.३ ओभर मात्र क्रिचमा टिकेका म्यानमारका खेलाडीले जोडेको यो स्कोर प्रतियोगिताकै सबैभन्दा कम हो।

नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले समान ४–४ विकेट लिए। नेपालका कसिलो बलर सामु टिक्न नसक्दा म्यानमारका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन। उमेर समुहको खेलमा नेपालले यति ठूलो अन्तरमा पराजित गरेको यो पहिलो पटक हो।      

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रित गौतमले शतकीय पारी खेल्दै १०६ रन जोडे।  त्यस्तै नेपालका तृतराज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेलेपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन जोडेको थियो। 

समूह ए बाट नेपालसँगै हङकङ सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङ समूह उपविजेता बनेको हो । समूह ए बाट आयोजक थाइल्याण्डसँगै म्यानमार प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह बि बाट विजेता सिंगापुर र उपविजेता मलेसिया हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने हङकङले सिंगापुरसँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved