एभरेष्ट प्रिमियर लिग सुरु, उद्घाटन खेलमा काठमाडौं किंग्स् ईलेभेन र ललितपुर पेट्रियट्स भिड्दै (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 09:06:33 AM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिता सुरु भएको छ  ।  डबल राउण्ड रोबिन त्यसपछि प्ले अफका आधारमा चल्ने प्रतियोगितामा ६ फ्रेन्चाईज टोली सहभागी छन् । टि -२० फर्मेटको प्रतियोगितामा सबै टोलीले ३ बिदेशी अनिवार्य राख्नु पर्ने नियम छ । त्यसबाहेक एक जना ट्यालेन्ट हण्डबाट खेलाडि छनोट गरि टोलीमा राखिएको छ । पौष १५ सम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  

बिभिन्न शहरका कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुने प्रतियोगिताको बिजेताले रु. २१ लाख पाउनेछ। काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स प्रतियोगितामा सहभागी टिमहरु हुन्।

मैदानमा उपस्थित दर्शकहरुले यो पटक १६/९ फिटको एलईडी स्क्रिन मार्फत खेल हेर्न पाउनेछ जुन मैदानको उत्तरपुर्बी क्षेत्रमा राखिएको छ।

उद्घाटन खेलमा अहिले काठमाडौं किंग्स् ईलेभेन र ललितपुर पेट्रियट्स बीच खेल चलिरहेको छ ।

हेर्नुस उद्घाटन खेलको लाइभ :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved