एभरेष्ट प्रिमियर लिग: ललितपुर प्याट्रिएट्सको शानदार सुरुवात, मंगलबार २ खेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 02:01:04 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभीएस एभरेष्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिएट्सले बिजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौँ किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो  । 

टस हारेर पहिले ब्याटिंग गरेको काठमाडौँ किंग्स ईलाभेनले १८.३ ओभर अल आउट हुदै ८९ रन मात्र जोड्न सक्यो। काठमाडौँको लागि अमित श्रेष्ठले सर्बाधिक २७ रन जोडे भने फर्नान्डोले १५ र सोमपाल कामीले १४ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन ।  

काठमाडौँलाई सस्तोमा समेट्नको लागि ललितपुरका बिदेशी खेलाडी सुबोध भाटीले ४ तथा ललित राजबंशीले ३ विकेट लिए । 

९० रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले १६.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । ललितपुरका लागि ओपनर जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । त्यस्तै, राजविर सिंह १४ रनमा अविजित रहे ।  

प्रतियोगिताको दोस्रो दिन मंगलबार २ खेल हुँदैछन् । पहिलो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजसँग विहान ९ बजेदेखि प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेलमा विराटनगर वारिवर्सले ललितपुर प्याट्रिएट्ससँग खेल्दैछ । 

इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved