चितवनमाथि पोखरा राइनोजको शानदार जित, पाकिस्तानी खेलाडी इसरार उल्लाहको अलराउण्ड प्रदर्शन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2017 | 11:09:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले बिजयी सुरुवात गरेको छ ।आज भएको खेलमा पोखराले चितवन टाइगर्स माथि १० विकेटको शानदार जित निकाल्दै बिजयी सुरुवात गरेको हो  ।

११४ रनको बिजयी लक्ष्य पाएको पोखराले १४ बल बाँकि रहदै बिना कुनै विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो  । पोखराका लागि ओपनिङमा आएका सुनिल धमला र इसरार उल्लाहले  उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई १० विकेटको जित दिलाएका हुन् । उल्लाहले ५२ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ६१ रन बनाए । यो प्रतियोगिताको पहिलो अर्ध शतक समेत हो । 

  त्यस्तै, धमलाले ४६ रन बनाए । उनले ५४ बलमा तीन चौका र २ छक्का प्रहार गर्दै  गरे । 

  टस हारेर पहिले ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो । चितवनको लागि अनिल मण्डलले ३२ र दिपेन्द्र सिंह ऐरीले ४२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन । चितवनलाई सस्तैमा समेट्न पाकिस्तानी खेलाडी इसरार उल्लाहले सर्बाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच समेत भए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved