फिफा वरियतामा नेपाल १ स्थान तल, एक महिनामा ४ अंक गुमायो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 21, 2017 | 04:59:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७ को  डिसेम्बर महिनाको फिफा बरियता सार्बजनिक गरेको छ । बिहिबार सार्बजनिक भएको यस महिनाको नयाँ बरियतामा नेपाल १ स्थान तल खस्किदै  १७१ औ स्थानमा पुगेको छ । गत महिना नेपालको अंक ९८  रहेकोमा यस महिना नेपालको अंक १०२ भएको छ  । 

फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा पुगेको छ। सबै भन्दा माथि भारत १०५ औ स्थानमा छ । नेपाल भन्दा माथि भारत १०५ औं र माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

दक्षिण एसियामा नेपाल भन्दा तल चार राष्ट्र रहेका छन् । नेपालपछि भुटान १८७ औं  स्थानमा रहदा बंगलादेश १९७ औं स्थानमा छ  । त्यस्तै श्रीलंका २०० औं स्थानमा र दक्षिण एसियाको पुछारमा पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शिर्ष १० स्थानसम्म फेरवदल भएको छैन । शीर्ष स्थानमा जर्मनी यथावत रहेको छ । त्यस्तै ब्राजिल , पोर्चुगल, अर्जे्न्टिना र बेल्जियम दोस्रोबाट क्रमश पाचौं स्थानसम्म रहेको छ । नयाँ वरियतामा स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छैटौंबाट दशौंसम्म रहेका छन् । 

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved