चितवन टाइगर्सबाट पहिलो जित दर्ता, हङकङका खेलाडीको दबदबा कायमै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 23, 2017 | 04:03:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा चितवन टाइगर्सले आफ्नो पहिलो जित दर्ता गरेको छ। त्रिवीको क्रिकेट मैदानमा भएको खेलमा टाइगर्सले ललितपुर प्याट्रियोट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। 

चितवनले खेल सकिन मात्र ४ खेल बाँकी रहंदा ललितपुरले दिएको १३१ रनको लक्ष्य भेट्टाएको हो। चितवनले ५ विकेटको क्षतिमा ललितपुरले दिएको लक्ष्य भेट्टाएको हो। 

चितवनका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र प्रवीण गुप्ताले अर्धशतकीय पाली खेले । ऐरीले ५० बल खेलेर ७ चौका मद्दतमा ५५ रन बनाए । म्यान अफ द म्याच प्रवीण गुप्ताले ५६ रन बनाए । पहिले ब्याटिङ गरेको ललितपुरले जयकिसन कोल्सावालाको ३१ तथा शंकर रानाको २७ रनको मद्दतमा १ सय ३० रन बनाएको थियो । ३ मध्ये २ खेल जितेको ललितपुर अंक तालिकाको चौथो स्थानमा छ भने पुछारमा रहेको चितवनको आजको जितसँगै एक अंक थपिएको छ।

त्यस्तै 

आज भएको पहिलो खेलमा बिराटनगर वारियर्सले लगातार चौथो खेल जितेको छ।  विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवालाई १८ ओभर ३ बलमा १ सय १४ रनमा अलआउट भएपछि विराटनगर ३५ रनले विजयी भयो । विराटनगरको यो लगातार चौथो जित हो । भैरहवालाई हराउन अविनाश कर्णले ४ र वसन्त रेग्मीले ३ विकेट लिए । 

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि हङकङका खेलाडी अंशुमन रथले ५७ र बाबर हायातले ३७ रन बनाए । साथै कप्तान पारस खड्काले १५ र प्रनित थापामगरले १४ रनको योगदान गरे । करण केसी ११ रनमा नटआउट रहे । भैरहवाका लागि हरिशंकर साहले ३ र आरिफ शेखले २ विकेट लिए । 

विराटनगरबाट खेलिरहेका हङकङका खेलाडी यो प्रतियोगितामै सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा शिर्षस्थानमा छन् । हङकङका खेलाडी बावर हायत यो प्रतियोगितामा १ सय ७३ रन बनाएर धेरै रन बनाउने खेलाडीको शीर्षस्थानमा छन भने हङकङकै अर्का खेलाडी अंशुमन रथ १ सय ७२ रन सहित दोस्रो स्थानमा छन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved