उपाधी कब्जाको बाटोमा बार्सिलोना, म्याड्रिडको लज्जास्पद हार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 23, 2017 | 06:37:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि ३-० को शानदार जित निकालेको छ। लुइस स्वरेज, लिओनल मेस्सी र एलेक्स भिडालको गोलले लिग लिडर म्याड्रिड ३ -० ले पराजित भएको हो।  

पहिलो हाफमा सामान्य खेल प्रदशन गरेको बार्शिलोना दोर्सो हाफमा आक्रामक खेल प्रस्तुत गर्न सफल रह्यो। खेलको ५४ औं मिनेटमा लुइस स्वरेजले शानदार गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए। 

लगत्तै खेलको ६४ औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको सुनौलो अवसरलाई सदुपयोग गर्दै दोस्रो गोल थप्यो। मेस्सीले पेनाल्टीको अवसरलाई गोलमा बदले।  रियल मड्रिडलका किपर विट भइसकेको अवस्थामा हातले बल रोक्ने प्रयास गर्दा कार्भाजलले रातो कार्ड पाए भने बार्सिलोनालाई पेनाल्टीको अवसर दिइएको हो।

जित पश्चात बार्सिलोना उपाधि कब्जाको बाटोमा लागेको छ। उपाधि कब्जा गर्न जित्ने पर्ने दबाबमा रहेको बार्सिलोनाको यो जितलाई महत्वका साथ लिइएको छ।  

जितसँगै बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा छ । रियल मड्रिडको ३१ अंक छ र एक खेल कम खेलेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved