Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि     Dec 26, 2017 | 10:38:18 AM



ruslan ruslan

त्रिवी मैदान किर्तिपुरमा जारी टिभिएस एभरेस्ट प्रिमियर लिग ईपिएलको प्ले अफमा पुग्ने चार वटै टोलीको टुंगो । आज भएको समूह चरणको अन्तिम खेलपछि अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो 

जस अनुसार विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज र ललितपुर प्याट्रिएट्स अन्तिम ४ मा पुगेका छन् ।

अब समूह चरणको शिर्ष २ स्थानमा रहनेले क्वालिफायर खेल्ने छन्  । भोली बुधबार  पहिलो खेलमा विराटनगर र भैरहवा खेल्ने छन्  । त्यस्तै दोस्रो खेलमा ललितपुर र पोखरा खेल्नेछन्। 

  विराटनगर र भैरहवाबीचको खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले ललितपुर र पोखराबीचको विजेतासँग प्लेअफ खेल्नेछ । उक्त खेलको बिजेता फाइनल प्रवेश गर्ने छ । फाइनल खेल आगामी शनिवार हुने छ । 

काठमाडौं किंग्स इलेभेन र चितवन टाइगर्स भने समूह चरणबाटै बाहिरिएका छन् ।  

Share your thoughts!

मोहम्मद अज्मत अलि

Bizpati Admin










Close in 7