साउथ हृयाम्पटनमाथि टोटनहृयामको शानदार जित, ह्याट्रिकसंगै केनले बनाए रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 26, 2017 | 07:06:22 PM मा प्रकाशित

laxmi  sunrise bank

इंगलिस प्रिमियर लिगमा टोटनहृयामले साउथ हृयाम्पटनमाथि शानदार जित हासिल गरेको छ। सोमबार भएको खेलमा हृयारी केनको हृयाट्रिकको मदतमा टोटनहृयामले शानदार जित निकालेको हो। 

टोटनहृयामले हृयाम्पटनमाथि ५-२ को जित निकाल्दा केनले ह्याट्रिक मात्र गरेनन एकै क्यालेन्डर बर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बनेर अर्को रेकर्ड समेत बनाएका छन। सन २०१७ मा उनको लिग गोल संख्या ३७ पुगेको छ। 

केनले खेलको २२ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै ३९ मिनेटमा नै उनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफमा २-० को अग्रता दिलाए। त्यस्तै ६७ औ मिनेटमा केनले तेस्रो गोल गरे। जितसंगै २० अंक जोडेको टोटनहृयाम ३७ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved