विराटनगर वारियार्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश, बाबर र पारसको आक्रामक ब्याटिंग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2017 | 10:23:04 AM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगर वारियार्स किर्तिपुर मैदानमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग ईपिएलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लाडिएटरलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

भैरहवाले दिएको १ सय २८ रनको लक्ष्य बिराटनगरले केवल २ विकेटको क्षतिमा १७ ओभरमा १८ बल बाकी रहदै भेट्टायो । बिराटनगरको लागि बाबर हायातले सर्बाधिक ४४ बलमा ६२ रन जोडे । त्यस्तै पारस खड्काले २४ बलमा ४२ रन जोडे । अन्शुमथ रथले २६ रन जोडे । 

यस अघि टस हारेर ब्याटिंग गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रन मात्र जोड्न सक्यो । भैरहवाको लागि आरिफ शेखले ४६ र पुनित मिश्रले ४९ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन ।

अब भैरहवाले आज हुने एलिमिनेटरको बिजेतासंग फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्ने छ । 

आज हुने दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर भिड्ने छन् । यस खेलको बिजेताले फाइनल प्रवेशको लागि भैरहवासंग खेल्ने छ । 

फाइनल खेल आगामी शनिवार हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved