एभरेष्ट प्रिमियर लिगको पहिलो क्वालिफायरमा पुगे बैंकर र कलाकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2017 | 10:52:34 AM मा प्रकाशित

laxmi  sunrise bank

किर्तिपुर मैदानमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग ईपिएलमा कलाकार र बैंकरहरुको पनि आकर्षण देखिएको छ ।  आज भएको पहिलो क्वालिफायरमा चर्चित कलाकार र बैंकर हरु पुगेका हुन् । 

आज पहिलो खेलमा बिराटनगर वारियार्स र भैरहवा ग्लाडिएटर प्रतिस्पर्धा गरेका थिए  । जसमा भैरहवालाई ८ विकेटले पराजित गर्दै बिराटनगर फाइनलमा प्रवेश गरेको छ । 

यसै खेलको प्रिजेन्टशन सेरेमोनीमा चर्चित बैंकर र कलाकार देखिएका हुन् । प्रिजेन्टशन सेरेमोनीमा आईएमई ग्रुपका सीईओ सुमन पोखरेल, आईएमई ग्रुप कै अध्यक्ष चन्द्र ढकाल र चर्चित कलाकार र आईएमई ग्रुपका ब्राण्ड एम्बासेडर दिपक राज गिरि उपस्थित भएका हुन् । आईएमई ग्रुप् प्रतियोगिताको सह प्रायोजक समेत हो ।

उनीहरुले बाबर हायातलाई म्यान अफ द म्याच अवार्ड र फास्टेस्ट फिफ्टी अवार्ड प्रदान गरेका थिए । बाबर हायातले   ४४ बलमा ६२ रन जोडेका थिए भने ३१ बलमै अर्ध शतक बनाएका थिए  । 

यस अघि चर्चित कलाकार मनिषा कोइराला पनि प्रिजेन्टशन सेरेमोनीमा पुगेकी थिइन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved