भैरहवालाई १ रनले हराउँदै विराटनगरले जित्यो इपिएल, प्रतियोगितामा कसले के उपाधि जिते ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 06:52:51 AM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिगको उपाधि जितेको छ। भैरहवा ग्लाडीयटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले इपिएलको दोस्रो संस्करण जितेको हो। 

बिराटनगरले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो। लक्ष्य भन्दा २ रन नजिक पुगेर पनि भैरहवाले हार बेहोर्न पुग्यो। 

भैरहवाका लागि कप्तान शरद भेषवाकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले। ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए पनि टिमलाई जिताउन सकेनन्। यस्तै ओपनर प्रथम सालुन्कीले ३० रन बनाएका थिए। आरिफ शेखले २७ रनको विस्फोटक पारी खेलेका थिए।

विराटनगरका लागि पारस खड्काले ३ तथा अनिल साह र करण केसीले २-२ विकेट लिए। अन्तिम ओभरमा ९ रन आवश्यक परेकोमा भैरहवाले ३ विकेट गुमाउँदै ७ रन मात्र जोडेको थियो।

टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो।  विराटनगरका लागि प्रतियोगिताकै सर्वाधिक रनकर्ता अंशुमन रथले ४१ रनको योगदान दिए। पारस खड्काले २७ तथा अनिल कुमार साहले २२ रन जोडे।

विराटनगरले उपाधि जितेसँगै एउटै प्रतियोगितामा भैरहवामाथि पारसको टिमको जित तथा शरद भेषवाकरको टिमको हारको ह्याट्रिक भएको हो।

विराटनगरका कप्तान पारस खड्का प्रतियोगिताको म्यान अफ द म्याच भए। खड्काले ३ विकेट लिनुका साथै २७ रन बनाए। यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएभल प्लेयर भैरहवाका रोहितकुमार पौडेल भए।यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिज विराटनगरका बाबर ह्यात भए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved