रकम अभावमा बसबाट बिश्वकप खेल्न गएको नेत्रहीन टोलीको लागि आर्थिक सहयोग संकलन अभियान सुरु

राष्ट्रिय टोलीका खेलाडी पनि अघि सरे, यस्तो छ सहयोग गर्ने तरिका
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 04, 2018 | 08:18:32 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलोपटक एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा सहभगिता जनाउन लागेको नेपाललाई यस पटक पनि आर्थिक समस्याले पिरल्यो । यसअघिका चार संस्करणमा आर्थिक अभावका कारण सहभागिता जनाउन नपाएको नेपालले यस पटक सिमित स्रोत साधन कै उपयोग गरेर भएपनि प्रतियोगितामा भाग लिने निर्णय गर्यो  । 

पुस २४ गतेदेखि पाकिस्तान र दुवइमा हुने प्रतियोगिता खेल्ने १४ जना खेलाडीसहितको नेपाली टोलीलाई खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटालगायतले बिदाइ गरे  । जहाजको टिकट काट्ने पैसा नभएपछि रेल चढेर जाने योजना सहित नेपाली टोलीले काठमाडौँ छोडेको थियो ।  भारतको गोरखपुर पुगेर त्यहाँ बाट रेल चढेर अमृतसर जाने योजना थियो ।  बुधबार भारतको गोरखपुरबाट अमृतसर जाने तालिका भए पनि खराब मौसमका कारण रेल नछुटेपछि नेपाली टोली बस चढेर भएपनि गन्तब्य तर्फ लागेको छ ।

प्रतियोगिता हुने समय सम्म टोली त्यहाँ पुग्छ या पुग्दैन अझै निश्चित छैन  

यस्तो अवस्थामा क्रिकेट खेलप्रेमीहरुले नेत्रहीन क्रिकेट खेलाडीहरुको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन्  ।क्रिकेटको विकास एबम बिस्तार तथा समग्र नेपाली क्रिकेट समर्थकहरुलाई एकत्रित गर्ने  उदेश्यका साथ स्थापना भएको नेपाली क्रिकेट समर्थक समाजको अगुवाईमा सहयोग संकलन अभियान सुरु भएको हो ।

 टोलीलाई नैतिक समर्थन गर्दै समर्थकहरुको तर्फबाट आर्थिक सहयोग गर्ने उद्देस्यले  १५ दिने आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको संस्थाका अध्यक्ष भानु सिग्देलले जानकारी दिए । १५ दिनको सहयोग पश्चात टोलीको लागि प्लेनमा फर्कनको लागि पर्याप्त रकम उठे उनीहरुको लागि टिकट ब्यबस्था गर्ने त्यसो सम्भव नभए टोली नेपाल आईसकेपछि उनीहरुलाई रकम हस्तान्तरण गरिने सिग्देलले बताए 

कसरी गर्ने सहयोग ? 

संस्थाको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ०८०१०१०००१५८७ मा जम्मा गरेर, ईसेवा मार्फत ९८४११६३२६० मा जम्मा गरेर, आईएमई मार्फत संस्थाको कोषाध्यक्ष प्रमोद बज्राचार्यको नाममा, बम रेमिट मार्फत तथा संस्थाका अध्यक्ष वा कोषाध्यक्षलाई भेटेरै पनि सहयोग गर्न सकिने संस्थाले जनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यस अभियानमा व्यक्तिगत रुपमा ५० हजार, पुर्व राष्ट्रिय खेलाडी पारस लुनियाले ५० हजार, राष्ट्रिय खेलाडी अमृत भट्टराईले ५० हजार तथा पुर्व कप्तान तथा हालका यु १९ प्रशिक्षक बिनोद दासबाट ५ हजार सहयोग घोषणा भएको संस्थाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved