डीपीएलको दोस्रो संस्करण चैत १७ देखि , ईपिएल भन्दा बढी पुरस्कार, बिदेशी खेलाडी अनिवार्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2018 | 02:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो संस्करण आगामी चैत १७ गतेदेखि सुरु हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

जस अनुसार प्रतियोगिता  २०७५ वैशाख १ सम्म चल्ने छ । 

पुरस्कार राशीमा डीपीएलको यस दोस्रो संस्करणले नयाँ  किर्तीमान बनाउने भएको छ ।  डीपीएल टु को बिजेताले २१ लाख रुपैयाँ पाउने छ  । यस अघि सर्बाधिक पुरस्कार राशिको प्रतियोगिता एभरेष्ट प्रिमियर लिग इपिएल थियो । भर्खरै सकिएको इपिएलमा पुरस्कार राशी २१ लाख थियो  ।

डीपीएल २ खेल्ने खेलाडीहरुको छनोट अक्सनबाट गरिने भएको छ । प्रतियोगिताको फागुन ५ मा अक्सन हुनेछ । अक्सनमा सहभागी हुनको लागि खेलाडीहरुले पुस २० बाट माघ २५ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ । अक्सनको लागि नाम दर्ता गराएका खेलाडीहरुलाई ३ समूहमा बाडिने छ  । 

कम्तिमा १५ अन्तराष्ट्रिय खेल खेलेका तथा ३ वर्षदेखि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु समूह ए मा पर्नेछन् भने बाँकी राष्ट्रिय, उमेर समूह खेलेका वा क्याम्पमा परेका खेलाडी समूह बीमा हुनेछन् । त्यस्तै समूह सीमा भने अनक्याप खेलाडीहरुलाई राखिनेछ । टोलीमा हरेक फ्रेन्चाइज क्लबले न्युनतम रुपमा समूह एका दुई, बीका तीन र सीका ५ खेलाडी राख्नुपर्नेछ । त्यस्तै प्रतियोगितामा सहभागि टिमले २ विदेशी खेलाडी राख्नुपर्ने भएको छ।  हरेक टिममा  धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमाञ्चलका एक खेलाडी राख्नु पर्ने आयोजकले मापदण्ड तोकेको छ ।

प्रतियोगितामा सहभागि हुने खेलाडीले www.esewa.com.np बाट बार कोड लिई आफ्नो नाम www.dplofficial.com मा दर्ता गर्नुपर्ने हुन्छ ।

टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।

प्रतियोगितामा दर्शकका लागि टिकटदर लिग चरणमा ५० प्लेअफमा ७० र फाइनलमा १०० रुपैयाँ कायम गरेको छ । टिकट विक्रिको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा लगाउने र टिकटको ४० प्रतिशत रकम टिमलाई बाँडिने आयोजकले बताएको छ ।

डिपिएल २ को उपविजेताले १० लाख तथा तेस्रो र चौथौ हुने क्रमश: ३ र २ लाख पाउनेछन्।

यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार तथा म्यान अफ दी सिरिजले टिभिएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन्। उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले पनि पुरस्कार पाउनेछन्। कूल पुरस्कारका लागि ५० लाख खर्च हुने डिपीएलको अनुमानित लागत ३ करोड रहेको आयोजकले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved