काभ्रेको बनेपामा दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2018 | 02:39:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एकायन कराते संघको आयोजनामा काभ्रेको बनेपामा दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ । माघ १२  १३  मा बनेपाको पोलिटेक्निक मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सात प्रदेशबाट करिब १२०  महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

 प्रतियोगितामा  १०  तौल समूह सामेल हुनेचन प्रतियोगिताालाई सफल बनाउन नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोलको अध्यक्षतामा काभ्रे जिल्ला समितिका अध्यक्ष सुनील तामाङ्ग संयोजक रहेको ९ सदस्यीय प्रतियोगिता संचालन व्यवस्थापन समिती गठन गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र सबैलाइ साथ दिनका लागि आग्रह समेत आयोजकले गरेको छ ।

 बि स २०७२ मा स्थापित एकायन कराते संघले नुवाकोट , काभ्रे, मकवानपुर ,धादिंग, चितवन ,बाँके , भक्तपुर ,ललितपुर ,पर्सा ,कास्की ,कैलाली,ओखल्धुङ्गा ,सोलुखुम्बु ,महत्तरी लगाएत जिल्लाहरुमा शाखा स्थापना गरि विभिन्न स्थानिय एबम राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved