आईसीसी विश्वकप छनोटको खेल तालिका सार्वजनिक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 04:18:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट छनोट २०१८ को खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन २०१९ मा हुने विश्वकप क्रिकेटको लागि यहि बर्ष हुने छनोट खेलको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार  छनोट प्रतियोगिता मार्च १ तारिखदेखि २५ मार्चसम्म हुनेछ । छनोट खेलको समूह ए मा टेष्ट राष्ट्र वेष्ट इण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड पपुवा न्युगिनी रहेका छन् । त्यस्तै, यसै समुहमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को विजेता रहने छ ।

समूह वि मा अफगानिस्तान, टेष्ट राष्ट्र जिम्बाब्वे, स्कटल्याण्ड र हङकङ रहेका छन् । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता रहने छ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ नामिवियामा आगामी फेब्रुअरी ८ देखि १५ तारिखसम्म हुँदैछ । डिभिजन २ मा आयोजक नामिवियासँगै नेपाल, युएई, केन्या, ओमन र क्यानाडा रहेका छन् । 

नेपाल, नामिविया, केन्या र युएई आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट घटुवा हुँदै डिभिजन २ मा झरेका हुन् । यता, क्यानाडा र ओमन भने डिभिजन ३ को विजेता र उपविजेता बन्दै डिभिजन २ मा उक्लिएका छन। 

नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा छ । पुषबाट अभ्यास थालेको नेपाली टिम टियु क्रिकेट मैदानमा अभ्यास थालिरहेको छ । नेपालको लक्ष्य डिभिजन २ जित्ने रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved