यसरी पुग्न सक्छ नेपाल बिश्वकप सम्म, एक दिवसीय मान्यता कति टाढा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2018 | 03:25:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व क्रिकेटको सर्बोच्च निकाय आईसीसीले  आगामी मार्चमा जिम्बावेमा हुने एकदिबशीय बिश्वकप छनौट २०१८ को खेल तालिका सार्बजनिक गरेको छ। त्यस प्रतियोगितामा १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा वेस्ट इन्डिज,आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड र हङकङले खेल्ने पक्का भइसकेको छ। यस प्रतियोगिताको शिर्ष २ मा रहने टिमले सन् २०१९ को बिश्वकप क्रिकेट खेल्न पाउने छन् । 

कहाँ बाट आउछन् बाँकि २ टिम ?

बाँकी २ टिम अर्को महिना नामिबियाँमा हुने आइसिसी विश्वक्रिकेट लिग डिभिजन–२ प्रतियोगिताले निर्धारण गर्छ। यस प्रतियोगिताका २ फाइनालिस्टले बिश्वकप छनौट २०१८ खेल्न पाउने छन् । यस प्रतियोगितामा नेपाल सहित ६ देश सहभागी छन् । अर्थात् नेपालको बिश्वकप छनौट २०१८ खेल्न सक्ने सम्भावना बाँकि नै छ । प्रतियोगितामा नेपाल सहित् क्यानडा, केन्या, नामिबियाँ, ओमान र युएई छन्   यी ६ देश मध्ये नेपाल शिर्ष २ मा पर्न सके नेपालले बिश्वकप छनौट २०१८ खेल्न पाउने छ । 

 बिश्वकप छनौट खेल्ने मात्र होइन नेपालले एकदिवसीय  टिमको मान्यता पाउने अवसर समेत हो यो ।  आइसिसीले एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आधारमा एसोसिएट देशलाई अस्थायी एकदिवसीय  टिमको मान्यता प्रदान गर्ने स्पष्ट पारेको छ। छनोट प्रतियोगितामा भाग लिएका एसोसिएट टिम मध्ये शीर्ष तीन टिमलाई एकदवसीय मान्यता दिइने आईसीसीलले जनाएको छ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिप विजेताको हैसियतले प्रतियोगितापछि  नेदरल्यान्ड्सले एकदिवसीय टिमको मान्यता पाउने निश्चित भईसकेको छ  नेदरल्यान्ड्स बाहेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३ टिमले पनि एक दिबशीय मान्यता पाउने छ । आईसीसीका अनुसार  यो मान्यता सन् २०२२ सम्मका लागि लागु हुने छ।

 एकदिवसीय  टिमको मान्यता पाउने बाटो खुला हुन् पहिला नेपालले डिभिजन टु को शिर्ष २ मा पर्न सक्नु पर्छ

समग्रमा हेर्ने हो भने नेपालले सन् २०१९ को बिश्वकप खेल्नको लागि आगामी महिना नामिनियाँमा हुने डिभिजन २ प्रतियोगिताको शिर्ष २ स्थानमा रहन सक्नु पर्छ । त्यस पछि जिम्बावेमा हुने बिश्वकप छनौट २०१८ को शिर्ष २ मा पर्न सक्नु पर्छ । बिश्वकप छनौट २०१८ को शिर्ष २ मा परे नेपालले बिश्वकप खेल्ने निश्चित हुन्छ ।

यस प्रतियोगिताको शिर्ष २ मा नपरे पनि प्रतियोगिताका एसोसिएट देशहरु मध्ये शिर्ष ३ मा परेमा नेपालले एक दिवसीय मान्यता पाउने छ । 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved